post-slider post-slider

नेपाल–ओमानबीचको फाइनल खेलबाट संकलित टिकटको ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने क्यानको घोषणा

Image
A A

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल र ओमानबीचको खेलमा टिकट बिक्रीबाट संकलित रकममध्ये ५० प्रतिशत भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ।

क्यानले जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्प प्रभावितहरूलाई टिकट संकलनको ५० प्रतिशत रकम सयोग गर्ने घोषणा गरेको हो।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम गरी अहिलेसम्म १२९ जनाको ज्यान गएको छ।

त्यस्तै शक्तिशाली भूकम्पमा परी सयौं मानिस घाइते भएका छन्।

‘आइसिसी टि–२० विश्वकपको एसिया छनोटअन्तर्गत आइतबार हुने नेपाल र ओमानबीचको फाइनल खलेको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत भूकम्प पीडितलाई सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं’ क्यानले भनेको छ।

क्यानले भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतको स्वास्थ्य लाभको कामना गर्दै यस्तो घोषणा गरेको हो।

आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत उपाधिका लागि नेपाल र ओमानबीच फाइनल खेल हुँदैछ।

 

Tags: