post-slider post-slider

गुडिरहेको स्कोरपियोमा पहिरो खस्दा पाल्पामा तीन जनाको मृत्यु, पाँच घाइते 

Image
A A

काठमाडौं- पाल्पाको तानसेन नजिकै गुडिरहेको स्कोरपियो गाडी पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ।

लु १ ज ४६०० नम्बरको स्कोरपियो पहिरोमा परेको हो। बिहान गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको गाडी तानसेन नगरपालिकाकै जोर्तेमा पहिरोमा पुरिएको थियो। पुरिएर एक महिला र दुई पुरुषको मृत्यु भएको बताइए पनि पहिचान भने हुन सकेको छैन।

दुर्घटनामा घाइते भएकालाई उपचारका लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Tags: