post-slider post-slider

एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तीन जनाको शव भेटियो

Image
A A

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरमा सञ्चालन गरेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रका ६ खेलाडी पहिरोमा परेका छन्।

एन्फाले मकवानपुरको इन्द्रसरोवर गाँउपालिका-३ स्थित वात्सल्यदेवी उच्च माविमा सञ्चालन गरिरहेको आवासीय व्यवस्थासहितको प्रशिक्षण केन्द्रमा रहेका ६ जना खेलाडीहरू दिवस बानियाँ, प्रियान्स आचार्य, साइमन योञ्जन, अनुपम घलान, विकल रेग्मी, आदिप्य वालमपाकी शनिबार बिहान करिब ६: ३० बजे उक्त स्थानबाट अन्यन्त्रतर्फ लाग्ने क्रममा पहिरोमा परेको जानकारी दिएको छ।

बेपत्ता ६ मध्ये तीन जनाको शव भेटिएको र तीन बेपत्ता रहेका मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिएका छन्।  

एन्फाले यस प्राकृतिक विपत्तिका क्रममा दुर्घटनामा परी सम्पर्कविहीन भएका खेलाडीहरूको खोजी कार्य जारी रहेको र उक्त स्थानमा रहेका अन्य खेलाडीहरू हाल सुरक्षित स्थानमा राखिएको जानकारी गराएको छ। 
 

Tags: