post-slider post-slider

विश्वकप क्रिकेट : भारत–पाकिस्तान भिड्दै

Image
A A

काठमाडौं- विश्वकप क्रिकेटमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच खेल हुँदैछ।

भारतको अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसा साढे २ बजेदेखि खेल सुरू हुनेछ।

जारी विश्वकप क्रिकेटमा दुवै टिमका लागि यो तेस्रो खेल हो। यसअघि दुवैले लगातार दुवै खेल जितेका छन्।

अंक तालिकामा भारत तेस्रो तथा पाकिस्तान चौथो स्थानमा रहेका छन्।

यस्तो छ इतिहास

५० ओभरको विश्वकप क्रिकेटमा भारत र पाकिस्तान अहिलेसम्म एकअर्काविरूद्ध ७ पटक आमुन्ने सामुन्ने भएका छन्।

पाँचपटक भारतले खेल आफ्नो पक्षमा पारेको छ भने एकपटक पाकिस्तानले भारतलाई हराएको छ। एकपटक भने खेल बराबरीमा सकिएको छ।

विश्वकप क्रिकेटमा भारतले दुईपटक उपाधि जितेको छ भने पाकिस्तानलाई अहिलेसम्म यो अवसर एकपटकमात्रै प्राप्त भएको छ।

एकदिवसीय खेलमा भारत र पाकिस्तानबीच अहिलेसम्म १३४ पटक प्रतिस्पर्धा भएको छ।

पाकिस्तानले ७३ पटक खेल जित्दा भारतले ५६ पटक पाकिस्तानलाई पराजित गरेको छ। त्यस्तै पाँचपटक खेल बराबरीमा सकिएको छ।

त्यस्तै टि–२० मा १२ पटक प्रतिस्पर्धा हुँदा भारतले ९ तथा पाकिस्तानले ३ पटक जितेको छ।

टेस्ट क्रिकेटमा अहिलेसम्म भारत र पाकिस्तानबी ५९ पटक खेल भएको छ। ९ पटक भारतले जित्दा पाकिस्तानले १२ पटक भारतलाई हराएको छ।

भारतको टोली 

रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या, शुभमन गिल, विराट कोहली, श्रेयस एय्यर, केएल राहुल, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज, कुलदीप यादव, मोहम्मद शमी, रवीचन्द्रन आश्विन, ईशान किसन र सूर्यकुमार यादव।

पाकिस्तानको टोली

फखार जमान, इमाम–उल–हक, अब्दुल्लाह शफिक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखर अहमद, अघा सलमान, मोहम्मद नवाज, शादब खान, उस्मा मिर, शाहिन शाह अफ्रिदी, हरिस रौफ, मोहम्मद वासिम जुनियर र हसन अली।

 

Tags: