post-slider post-slider

‘मुर्रा’ भैंसी ल्याउने समझदारी ७ वर्षअघि भएको हो : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतबाट अनुदानमा भैंसी लिने समझदारी ७ वर्षअगाडि नै भएको बताएका छन्।

‘यौ भैंसीको कुरा आज भएको होइन, आजभन्दा ७ वर्ष अगाडि नै ‘मुर्रा’ भैंसी ल्याउनेबारे समझदारी भएको रहेछ, आएको मात्रै अहिले हो,’ सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले भने,‘७ वर्ष अगाडिको रहेछ मुर्रा भैँसी। मान्छेले मलाई चाहिँ भैँसी चढेर हिँड्या छन् भनिरहेका छन्।’

भैंसीको प्रसंग उठेपछि प्रतिनिधिसभामा होहल्ला भएको छ।

प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भारत भ्रमणमा गएका प्रधानमन्त्री भैंसी चढेर आएको भनेपछि सत्तापक्षका सांसद आपत्ति जनाएका थिए।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यो शब्द असंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए।

तर, एउटा सांसदले बोलिरहेको बेलामा अर्काले आपत्ति जनाएको भन्दै एमाले र रास्वपाका सांसदहरूले उठेर प्रतिवाद गरेका थिए।
एमाले नेता सूर्य थापाले सत्ता पक्षले दादागिरी गरेको भन्दै नियमापत्ति भएको बताए।

संसदमा होहल्ला भएपछि सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिए।

तर, यो हटाउन भनेपछि एमाले सांसद रघुजी पन्तले पुनः आपत्ति जनाउँदै प्रधानमन्त्रीले भैंसीको कुरा उठाएकाले प्रधानमन्त्रीले बोलेको विषय पनि रेकर्डबाट हटाउन माग गरेका थिए।

रास्वपा संसदीय दलका नेता रवि लामिछानेले प्रधानमन्त्री स्वयं भनेको कुरालाई लिएर आफ्नो सांसदले हटाउने कुरा आपत्तिजनक भएको बताए।

 

 

 

Tags: