post-slider post-slider

यात्रु छोडेको विषयमा निगमले क्षमा माग्यो

Image
A A

काठमाडौं- नेपाल वायु सेवा निगमले ३१ यात्रुलाई छोडेर दुबई उडेको विषयमा क्षमा मागेको छ।

टिकट काटिसकेका यात्रुहरूलाई विमानस्थलमै छोडेर दुबई उडेको घटनालाई लिएर निगमले क्षमा मागेको हो।

नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ जहाजले बुधबार राति प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ लाई लिएर दुबई जाने क्रममा त्यही उडानमा टिकट काटेका ३१ जना यात्रुलाई काठमाडौंमा छाडेको थियो।

विमानस्थलमा छाडिएको यात्रुलाई निगमले होटलमा लगेर राखेको थियो। 

निगमले बिहीबार निगमका प्रवक्ता रमेश पौडेलले विज्ञप्ति जारी गरेर यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन्।

उनले वैकल्पिक उडानबाट गन्तव्यमा पु¥याउने प्रबन्ध मिलाएको जनाएका छन्।

यात्रु छोडिएको घटनाबारे छानबिन गरी कारबाही गर्न निर्देशनसमेत दिइएको विज्ञप्तिमा जनाइएको छ।

यस्ता घटना दोहोरिन नदिन र आन्तरिक छानबिन गरी कारबाही गर्न निगमका अध्यक्ष युवराज अधिकारीले वाणिज्य विभाग प्रमुखलाई विशेष निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ।

नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ को जहाज बुधबार राति साढे ११ बजे उड्ने समय थियो।

त्यहीअनुसार यात्रुले टिकट काटेका थिए। तर, त्यो जहाज दुई घन्टाअघि साढे ९ नै दुबई उडेको थिए।

उडानको समय अघि सारिएको पूर्वजानकारी नपाउँदा ३१ जना यात्रु दुबई जान नपाएर विमानस्थलमै छुटेका थिए।

 

Tags: