post-slider post-slider

आज सर्वदलीय बैठक बस्दै

Image
A A

काठमाडौं- सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि मंगलबार बस्न नसकेको बैठक आज बस्न लागेको हो। 

बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजेका लागि बोलाएका छन्। 

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित सदन चल्न दिएको छैन। सोमबार रातिको बैठकमा समिति बनाउने सहमति भएको थियो।

मंगलबारको बैठकले समितिको विषयमा मस्यौदा बुझाउने र बैठकले त्यसलाई अन्तिम रूप दिने तयारी गरेको थियो। तर, ओलीको अनुपस्थितिमा बैठक बस्न सकेको थिएन। 

Tags: