post-slider post-slider

जिम्बावेले अमेरिकालाई दियो ४०९ रनको विशाल लक्ष्य

Image
A A

काठमाडौं- आइसिसी एकदिवसीय विश्वकप छनोटमा जिम्बावेले अमेरिकासामु ४०९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

घरेलु मैदान हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले ४०८ रन बनाएको हो।

पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४०८ रन बनायो।

जिम्बावेका कप्तान सेन विलियम्सले १७४ रन बनाए। १०१ बलको सामना गरेको विलियम्सले २१ चौका र ५ छक्का प्रहार गरे।

यस्तै जोएलर्ड गुम्बीले ७८, सिकिन्दर राजाले ४८ र रायन बर्लले ४७ रन बनाए।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा जिम्बावेको अहिलेसम्मको उच्च स्कोर हो।

 

Tags: