post-slider post-slider

कुरान जलाइएपछि मारेक्कोले स्वीडेनबाट फिर्ता बालायो राजदूत

Image
A A

काठमाडौं- स्वीडेनको राजधानी स्टकहोमस्थित सेन्ट्रल मस्जिदबाहिर कुरान जलाइएपछि मोरक्कोले आपत्ति जनाएको छ।

यो घटनालाई लिएर मोरक्कोले स्वीडेनबाट आफ्नो राजदूतलाई अनिश्चितकालका लागि फिर्ता बोलाएको छ।

मोरक्कोको सरकारी समाचार एजेन्सीले यो घटनाबारे विदेश मन्त्रालयले मारोक्कोस्थित स्वीडेनका प्रतिनिधिहरूलाई पनि जानकारी गराएको छ।

विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यो घटनालाई लिएर स्वीडेनका प्रतिनिधिहरूसमक्ष आपत्ति र अस्वीकृति जनाइएको छ।’

मक्काको महान यात्रा र ईदजस्तो पवित्र समयका बेला भएको यो घटनाले एक अर्बभन्दा बढी मुस्लिमहरूको भावनालाई उपेक्षा गरेको मोरक्कोको विदेश मन्त्रालयले बताएको छ।

स्टकहोम मस्जिदबाहिर कुरान जलाउने प्रदर्शनकारीहरूलाई स्वीडेन प्रशासनले अनुमति दिएको समाचारहरूमा जनाइएको छ।

यद्यपि यो प्रदर्शनमा केवल एक जनाले भाग लिएको बताइएको छ।

यो घटनाप्रति साउदी अरब र टर्कीसहित कैयौं मुस्लिम देशहरूले आपत्ति जनाएको छ।

 

Tags: