post-slider post-slider

एसियाड क्रिकेट : तेस्रो स्थानबाट पनि चुक्यो पाकिस्तान, बंगलादेशसँग पराजित

Image
A A

काठमाडौं- एसियाली खेलकुदअन्तर्गतको पुरुष क्रिकेटतर्फ पाकिस्तान तेस्रो स्थान प्राप्त गर्न समेत असफल भएको छ।

शनिबार तेस्रो स्थानका लागि भएको खेलमा पाकिस्तान बंगलादेशसँग पराजित भएको हो।

पाकिस्तानलाई पराजित गर्दै पुरुष क्रिकेटतर्फको खेलमा बंगलादेश तेस्रोस्थान प्राप्त गरेको छ।

वर्षाका कारण प्रभावित भएको खेल २० ओभरबाट घटाएर ५ ओभरमा सीमित भएको थियो।

बंगलादेशले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ६५ रन बनायो।

६६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पाकिस्तान टिम जम्मा ४८ रनमात्रै बनाउनसक्यो।

१ विकेटमात्रै गुमाएको पाकिस्तान बंगलादेशले दिएको लक्ष्य पछ्याउन नसक्दा एसियाली खेलकुदको पुरुषतर्फको क्रिकेटमा तेस्रो स्थान हासिल गर्नबाट चुकेको हो।

यसअघि शुक्रबार अफगानिस्तानसँग पराजित भएपछि फाइनसम्म पुग्ने पाकिस्तानको यात्रा टुंगिएको थियो।

स्वर्ण पदकका लागि अहिले भारत र अफगानिस्तानबीच फाइनल खेल केहीबेरपछि सुरू हुँदैछ।

 

Tags: