post-slider post-slider

सेनाले माग्य तीन हजारबढी जनशक्ति

Image
A A

काठमाडौं- नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेड फलओर्सको रिक्त स्थान पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।

शुक्रबार सेनाले  एक सूचना प्रकाशित गर्दै पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

सूचनामा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गरिने सेनाले जनाएको छ।

सेनाले दरखास्ता मागेका पदहरूमा सैन्य पद, सफाइकर्मी, चर्मकर्मी, सूचिकार, लोहाकार, केशकर्तक, मालीलगायत छन्।

उल्लेखित पदमा काम गर्न इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गतेभित्र आवेदन दिन आह्वान गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै सैन्य पदमा धेरै सैन्य पदमा ३ हजारको दरखास्ता मागिएको छ। सबै पदमा गरेर करिब ३ हजार ४ सयभन्दा बढी पदमा दरखास्त दिन भनिएको छ।

देशका आठवटै पृतनाका हेड क्वार्टरलगायत अन्य २५ भर्ना केन्द्रमा दरखास्त दिन मिल्ने जनाइएको छ।

नेपाली सेनाको वेबसाइटबाट फारम डाउनलोड गरेर सूचनामा उल्लेखित केन्द्रहरूमा उम्मेदवार आफूनै उपस्थित भएर बुझाउन भनिएको छ।

 

Tags: