post-slider post-slider

डेनमार्क र इटालीको युरो कप यात्रा समाप्त

Image
A A

काठमाडौं- जर्मनी जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। गएराति सम्पन्न खेलमा डेनमार्कलाई २-० गोल अन्तरले पराजित गर्दै जर्मनी प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो। 

जर्मनीको जितमा काइ हाभेर्ट र जमाल मुसियालाले गोल गरेका थिए। यो जितपछि क्वाटरफाइनलमा अब जर्मनीले स्पेन र जर्जियाबीचको विजेतासँग खेल्ने छ। 

त्यस्तै यो हारसँगै डेनमार्कको युरोकप यात्रा भने समाप्त भएको छ।  

स्वीजरल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ।

युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै स्वीजरल्याण्ड क्वाटरफाइनलमा पुगेको हो।

स्वीजरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एक-एक गोल गरेका थिए।

यो सँगै युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली युरोकपबाट बाहिरिएको छ।

अब क्वाटरफाइनलमा स्वीजरल्याण्डले इङल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्ने छ।

Tags: