post-slider post-slider

विश्वकप क्रिकेट : श्रीलंकासँग डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड पराजित

Image
A A

काठमाडौं- एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा इंल्ग्यान्डविरूद्ध श्रीलंकाले जितको निरन्तरतालाई कायम राखेको छ।

विश्वकप प्रतियोगितामा सन् २००२ देखि हालसम्म श्रीलंकालाई पराजित गर्न सकेको छैन।

बिहीबार बेंगलुरूको चेन्नास्वामी स्टेडियममा भएको खेलमा ८ विकेटले पराजित गर्दै विश्वकपमा इंग्ल्यान्डविरूद्धको जितलाई निरन्तरता दिएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले सबै विकेट गुमाएर ३३.२  ओभरमा १५६ रन बनायो।

१५७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २५.४ ओभरमा २ विकेट गुमाएर १६० रन जोड्यो।

सुरूवाती दुई विकेट छाटो अन्तरालमा खसे पनि पाथुम निशंका र सदीरा समरविक्रमाको मजबुत साझेदारीले श्रीलंकाले इंग्ल्यान्डविरूद्ध सहज जित हासिल ग¥यो।

निशंकाले ८३ बलमा ७७ र समरविक्रमाले ५४ बलमा ६५ रनको योगदान दिए। कप्तान कुशल मेन्डिस ११ र कुसल परेरा ४ रन बनाएर आउट भए।

ओपनर जोडीले आक्रमक सुरूवात गरे पनि श्रीलंकाको बलरसामु इंग्ल्यान्डका ब्याटरहरू निरीह देखिएका थिए। 

इंग्ल्यान्डका ‘इनफर्म’ ब्याटरहरू पनि श्रीलंकाका बलर अगाडि उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए। जोनी बेस्ट्रो ३०, डेभिड मिलान २८, जोय रूट ३, कप्तान जौस बटलर ८, लियम लिभिङ्स्टन १ र मोइन अली १५ रनको योगदान दिए।

श्रीलंकाका लागि लाहिरू कुमाराले ३, एन्जेलो म्याथ्यूज र कसुन राजिथाले २–२ र महिश तिक्षणाले १ विकेट लिए।

यो जितसँगै यसअघि तीन खेलमा हार बेहोरेको श्रीलंका अंकतालिकामा पाँचौं स्थानमा पुगेको छ।

लगातार चार म्याचमा हार बेहोरेको डिफेन्डिङ च्याम्पियन अंकतालिकाको नवौं स्थानमा रहेको छ। इंग्ल्यान्डभन्दा तल केवल नेदरल्यान्ड्स रहेको छ।

 

 

Tags: