post-slider post-slider

भुक्तानीको माग गर्दै पूर्वाधार विकास कार्यालय जनकपुरमा तालाबन्दी

Image
A A

जनकपुरधाम-जनकपुरधामस्थित पूर्वाधार विकास कार्यालयमा तालाबन्दी भएको छ।

भुक्तानीको माग गर्दै उपभोक्ता समिति संघर्ष समितिले मधेस प्रदेस सरकारमातहतको पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेको हो।

काम सकिएको १९ महिना बितिसक्दा पनि भुक्तानी नपाएको भन्दै उपभोक्ता संघर्ष समितिले पूर्वाधार कार्यालयमा तालाबन्दी गरेको हो।

प्रदेस सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत आफूहरूले गरेको कामको भुक्तानी नपाएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको संघर्ष समितिका अध्यक्ष प्रमोद यादवले बताए।

आर्थिक वर्ष २०७८/७९ मा २५६ वटा उपभोक्ता समितिमार्फत भएका विकास निर्माणका कार्यहरूको करिब डेढ अर्ब रूपैयाँ भुक्तानी हुन बाँकी रहेको अध्यक्ष यादवले जानकारी दिए।

पूर्वाधार विकास कार्यालयले विभिन्न बहाना बनाएर भुक्तानी दिन आलटाल गरिरहेको उपभोक्ता संघर्ष समितिको भनाइ छ।
लेखापाल अनुपस्थित भएको, मन्त्रालयबाट अख्तियारी नआएको लगायतका बहाना बनाएर भुक्तानीका लागि आलटाल भइरहेको उपभोक्ता संघर्ष समितिका पंकज महतोले बताए।

काम सम्पन्न गरेर पनि भुक्तानी नपाउँदा बैंकलाई ऋण तिर्न नसकिएको बताउँदै उनले सयभन्दा बढीमाथि बैंकिङ कसुरको मुद्दासमेत दर्ता भइसकेको जानकारी दिए।

 

 

Tags: