post-slider post-slider

कार्कीले लिए प्रधानन्यायाधीशको सपथ

Image
A A

काठमाडौं- सर्वोेच्च  अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सपथ लिएका छन्। 

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द पौडेलसमक्ष कार्कीले पद तथा गोपनियताको सपथ लिएका हुन्।

शुक्रबार न्यायपरिषदको सिफारिसमा संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अनुमोदन भएका कार्की राष्ट्रपतिबाट नियुक्त भएका हुन्।

प्रधानन्यायाधीश कार्कीको सपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उपस्थित थिए।

८ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्की आगामी साउन २० गतेबाट सेवा निवृत्त हुँदै छन्।

कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न २५ वैशाखमा संवैधानिक परिषद बैठकले सिफारिस गरेको थियो।

 

Tags: