post-slider post-slider

कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले सपथ लिँदै

Image
A A

काठमाडौं- कोसी प्रदेसका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो पद तथा गोपनियताको सपथ लिने भएका छन्।

दिउँसो २ बजे प्रदेस प्रमुखको कार्यालयमा उनको सपथको तयारी गरिएको हो।

नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्।

पार्टी र गठबन्धनको निर्णयमा असन्तुष्टि जनाउँदै एमालेसँग मिलेर मुख्यमन्त्री नियुक्त भए पनि असन्तुष्ट समूहका नेता शेखर कोइरालाले गठबन्धनलाई थप मजबुत र सुदृढ बनाउने भन्दै नयाँ सहमति गरेपछि कसरी अगाडि बढ्ने विषयमा काठमाडौंमा छलफल जारी रहेको उनीनिकट एक नेताले बताए।

मन्त्रिपरिषदमा नेकपा एमालेलाई सहभागी गराउने वा सत्ता गठबन्धनका दललाई समेटेर अगाडि बढ्ने भन्ने विषयमा अन्योलता देखिएको छ।

यसैबीच कोसी प्रदेसका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार राति सामाजिक सञ्जालमा ‘कोसीमा नेपाली कांग्रेससँग सहकार्य भएको’ उल्लेख गरेका थियो।

उनको यो धारणाअनुसार एमालेका केही मन्त्रिसहित मुख्यमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद गठन गरिएको अनुमान गरिएको छ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए।

मुख्यमन्त्री नियुक्त भइसकेपछि काठमाडौं पुगेर उनले देउवालाई भेट गरेका हुन्।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच भएको छलफलमा गठबन्धनलाई थप मजबुत र दृढ बनाउने लिखित सहमति भएको थियो।

मुख्यमन्त्री कार्कीले आइतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका छन्।

बालकोट पुगेर उनले ओलीलाई भेटेका हुन्।

 

Tags: