post-slider post-slider

ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ

Image
A A

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीले विमानस्थलबाट थिन्ले छोदेन भन्ने व्यक्तिलाई पक्राउ गरेको हो।

चीनको सिचुआन प्रान्तबाट आएका छोदेन भारतको दिल्लीतर्फ जाने क्रममा ठूलो रकमसहित पक्राउ परेको त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले बताएका छन्।

उनको साथबाट १६ हजार ४३० अमेरिकी डलर, ५४ हजार ४५१ चिनियाँ युआन र पाँच हजार भारतीय रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

छोदेनलाई प्रहरीवृत्त गौशालामा राखेर आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ।

पक्राउ परेको छोदेन भारतको दलैलास्थित धर्मशालामा बस्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनको साथबाट भारतीय राहदानी भेटिएको प्रहरीले जनाएको छ।

छोदेनबाट प्रहरीले बरामद गरेको रकम नेपाली ३१ लाख ५० हजार बराबर रहेको छ।

 

Tags: