post-slider post-slider

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी

Image
A A

काठमाडौं- नेपाल दूरसञ्चार कम्पनी लिमिटेको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएकी छन्।

कम्पनीको नायव प्रबन्ध निर्देशक रहेकी पहाडी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार प्रबन्ध निर्देशकमा नियुक्त भएकी हुन्।

मन्त्रालयले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रबन्ध निर्देशक भइ कामकाज गर्न नियुक्त गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’ मा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेपछि कम्पनीका प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा परेका छन्।

पौडेल निलम्बनमा परेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलले पहाडीलाई प्रबन्ध निर्देशकको जिम्मेबारी दिएको हो।

अदालतबाट पौडेलविरूद्ध दायर मुद्दाको अन्तिम किनारा नलागेसम्म टेलिकमको नेतृत्व पहाडीले गर्नेछिन्।

पहाडी टेलिकमको प्रमुख प्राविधिक अधिकृत (नायब प्रबन्ध निर्देशक) थिइन्।

उनले भारतको इलाहाबाद विश्वविद्यालयबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन्।

तत्कालीन दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी उनले २०५१ फागुन १० मा स्थायी नियुक्ति लिएकी थिइन्।

 

Tags: