post-slider post-slider

सुनको मूल्यमा नयाँ कीर्तिमान

Image
A A

काठमाडौं - नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ।

शुक्रबार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४४ हजार ३०० पुगेको छ।

यस अघि बिहीबार सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags: