post-slider post-slider

दीपावलीमा अयोध्यामा बालियो २२ लाख दीप, गिनिज बुकमा कीर्तिमान दर्ज

Image
A A

काठमाडौं- दीपावलीको अवसरमा भारत उत्तर प्रदेसको अयोध्यामा सरयू नदी  घाटमा शनिबार  राति २२ लाख २३ हजार दीप बालियो। यो विश्व कीर्तिमान हो।

‘दीपोत्सव २०२३’ नाम दिइएको यो क्रममा उत्तर प्रदेसका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दी बेन पटेल उपस्थित थिए।

गिनिज बुक अफ वल्र्ड रेकर्ड्सका अधिकारीहरूले यो नयाँ कीर्तिमानको प्रमाणपत्र मुख्यमन्त्री योगीलाई हस्तान्तरण गरे।

यो कीर्तिमानलाई परीक्षण गर्न ड्रोनबाट सरयू नदीका घाटहरूमा अनुगमन गरिएको थियो।

यो दीपोत्सव कार्यक्रमले गत वर्षको कीर्तमानलाई तोडेको छ। गत वर्ष आयोध्यामै दीपावलीको अवसरमा १५ लाख ७६ हजार माटोको दीप बालिएको थियो।

विश्वको कुनै पनि स्थानमा एकै ठाउँमा यति धेरै संख्यामा दीप बालिएको थिएन।

हिन्दु धर्मअनुसार लङ्काका राजा रावणको वध गरेर भगवान राम आफ्नो घर अयोध्या फर्किँदा उनको स्वागतमा दीप बालिएको थियो।

त्यसैले हरेक हिन्दू कात्र्तिक अमावस्याका दिन दीपावली पर्व मनाउने गरेका छन्।

 

Tags: