post-slider post-slider

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौंमा

Image
A A

काठमाडौं- भारतीय विदेशमन्त्री एस.जयशंकर काठमाडौं पुगेका छन्। 

केही बेरअघि जयशंकरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

उनी भारतीय वायु सेनाको विशेष विमान आइएफसी थ्री वानबाट नेपाल आएका हुन्।

उनको सुरक्षालाई ध्यानमा राखेर काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

टोलीमा विदेशमन्त्री जयशंकरसहित विदेश सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क हेर्ने महासचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापनलगायतका पदाधिकारी पनि नेपाल आउन लागेको बताइएको छ।

 

Tags: