post-slider post-slider

नेपालको शिक्षा अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक छ : प्रधानमन्त्री

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शिक्षा युग सुहाउँदो मौलिक र अन्तर्राष्ट्रियस्तरको हुनु आवश्यक रहेको बताएका छन्।

काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहमा सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने,‘नेपालको उच्च शिक्षाको वर्तमान र भविष्यप्रति साझा चिन्तनका लागि त्यो राम्रो अवसर थियो। काठमाडौं विश्वविद्यालयले यस्तो अभियानको नेतृत्व लिएर जसरी उच्च शिक्षा सुधारका लागि नीतिगत र व्यवाहारिक छलफलको अवसर जुटायो, त्यसबाट उच्च शिक्षाको अबको बाटो तय गर्न विश्वविद्यालयहरूलाई मात्र नभएर नेपाल सरकारलाई समेत सहयोग पुग्ने विश्वास मैले लिएको छु।’

जलवायु परिवर्तनका विषयमा काठमाडौं विश्वविद्यालयमा अध्ययन अध्यापन गराइरहेका प्राध्यापक र वैज्ञानिकहरूले उल्लेखनीय योगदान दिइरहेको प्रचण्डले बताए।

कोप–२८ सम्मेलनमा काठमाडौं विश्वविद्यालयका वैज्ञानिकहरूले ऊजा संक्रमणमा हासिल गरेको प्राविधिक उपलब्धिलाई कार्यान्वयन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग गहन छलफल गर्न सफल भएको पनि उनले बताए।

 

Tags: