post-slider post-slider

स्वयम्भूमा आमा र दुई छोरीको हत्यापछि श्रीमान् फरार

Image
A A

 

काठमाडौं, फागुन ९

काठमाडौंको स्वयम्भूमा तीन जनाको हत्या भएको छ।

नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान तीन जनाको हत्या भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठको हत्या भएको हो।

घटनापछि श्रीमान् राजु घिमिरे फरार छन्। घटनामा घिमिरे नै संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

'घरेलु हातहतियार प्रहार गरी हत्या गरेको देखिन्छ,' उनले भने। दुई तले घरको भुइँ तलामा घटना भएको हो। 

उनको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ। प्रहरीले शवको मुचुल्का उठाएर अनुसन्धान थालेको छ।

‘विस्तृत विवरण आउन बाँकी छ,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने।

 

Tags: