रामेछापमा पहिरो जाँदा ६ जनाको मृत्यु
काठमाडौं - रामेछापको दोरम्बा शैलुङ-३ मा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ।
पहिरोमा चार जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
पहिरोले चार वटा घर र एक पक्की पुल बगाएको छ। अहिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
शनिबार राति पौने १२ बजे वर्षापछि लेदोसहित पहिरो आएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन्।
पहिरोमा परी मृत्यु हुने ३० वर्षकी चण्डिका श्रेष्ठ र उनका १८ महिनाका शिशु आनुष श्रेष्ठको मात्रै सनाखत भएको छ।