post-slider post-slider

नामिबियासँग नेपाल फेरि पराजित

Image
A A

काठमाडौँ - नामिबियासँगको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। 

त्रिवि क्रिकेट मैदानमा नेपालले २ विकेटले हार बेहोरेको हो। टस हारेर पहिला फिल्डिङमा उत्रिएको नेपालले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो।

तर १६९ रनको सामान्य लक्ष्य भेट्टाउन पनि नामिबियालाई निकै सकस परेको थियो। यस क्रममा उसले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो। सिरिजको पहिलो खेलमा पनि नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो।

आजको खेलमा भने कुशल भुर्तेलले ३ विकेट लिए पनि नेपालको हार टार्न सकेनन्। नामिबियालाई जिताउन कप्तान गेराल्ड इरासमसले सर्वाधिक ५२ रनको योगदान दिए। 

Tags: