post-slider post-slider

बाँकेको नरैनापुरमा झाडापखाला, चार जनाको मृत्यु

Image
A A

काठमाडौं- बाँकेको नरैनापुरमा झाडापखालाका कारण आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ।

नरैनापुर- ३ गेगली गाउँमा एक्कासि फैलिएको झाडापखालाबाट गाउँका १० जना बिरामी परेका छन्।

भारतीय सिमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी आउना साथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिएका छन्।

उनका अनुसार हरिराम पासीको श्रीमती वर्ष २५ कि रुसा पासी र उनकी छोरी वर्ष डेढ कि नन्दनी पासी, मोहन लाल पासीको श्रीमती वर्ष ६० कि शान्ति पासी र सखावत अलिको छोरा वर्ष १० का युसुफको झाडापाखाकै कारण मृत्यु भएको हो।

फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

Tags: