post-slider post-slider

आज माघे संक्रान्ति

Image
A A

काठमाडौं- प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदैछ।

माघे संक्रान्तिका दिन आज देवघाट, त्रिशूली, कालीगण्डकी, वागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ।

ती ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ।

सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूय उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्।

धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घ्यु, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गइ स्नान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ।

सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्धान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ।

तराईवासीले माघ १ गतेलाई नहान अर्थात नुहाउने पर्वका रुपमा मनाउँछन्। सो दिन बिहानै तीर्थस्थलमा गए स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

मकर संक्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कने भन्ने विश्वास छ।

माघे संक्रान्ति अर्थात माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

 

Tags: