post-slider post-slider

वामपन्थी आन्दोलन ध्वस्त पार्ने षडयन्त्रलाई रोक्न संसद भंग गर्‍यौं : ओली

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी आन्दोलन ध्वस्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका छन्।

नेकपा एमाले वागमती प्रदेस कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन नगरी नहुने भएकाले गरिएको बताएका हुन्।

आफ्नो प्रधानमन्त्रीकालमा प्रतिनिधिसभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने उनले दाबी गरेका छन्।

त्यसबेला आफूलाई ‘झुन्ड्याएर मार्ने डोरी’ बनाइएको भन्दै आफूले संसद विघटन गरिदिएको ‘डोरी छिाल्दिएको’ ओलीले बताए।

प्रतिनिधिसभाको विघटन राजनीतिक, संवैधानिक र संसदीय भएको उनले जिकिर गरे।

‘हामीले ठीक ठानेर ग¥यौं। ठीक भनेर ग¥यौं। नगरी नहुने थियो र ग¥यौं। बिल्कुलै समसामयिक कदम चाल्यौं। होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो। ध्वस्त पार्ने षडयन्त्र थियो। त्यस षडयन्त्रलाई, हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौं,’ ओलीले भने।

 

Tags: