post-slider post-slider

माइतीघरमा निषेधाज्ञा लगाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट

Image
A A

काठमाडौं- माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ता स्वागत नेपालले जिल्ला प्रशासन कार्यालयको निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

शान्तिपूर्ण रूपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञा जारी गर्ने निर्णय भएको भन्दै अधिवक्ता नेपालले रिट दर्ता गरेका हुन्।

सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि निवेदनमाथि सुनुवाइका लागि पेसी तोकेको छ।

७ मंसिरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले राजाको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरेको छ।

प्रसाईं समूहको प्रदर्शनलाई प्रतिवाद गर्न एमालेसम्बद्ध नेपाल युवा संघले पनि त्यही दिन प्रदर्शन गर्ने निर्णय गरेको छ।

युवा संघ र प्रसाईं समूह दुवैले एकै दिन प्रदर्शन गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेष्धित क्षेत्र घोषणा गरेको छ।

जिल्ला प्रशासन कार्यालयको यही निर्णयविरूद्ध सर्वोच्चमा रिट परेको हो।

 

Tags: