post-slider post-slider

सर्लाहीमा नापी कर्मचारी चढेको गाडी दुर्घटना हुँदा ११ जना घाइते

Image
A A

काठमाडौं, माघ २३ - सर्लाहीमा नापी कार्यालयका कर्मचारी चढेको सफारी गाडी दुर्घटना भएको छ।

दुर्घटनामा ११ जना कर्मचारी घाइते भएको प्रहरीले जनाएको छ। तीमध्ये चार जना गम्भीर घाइते छन्।

गम्भीर घाइते हुनेहरूमा नापी कार्यालय सर्लाहीका प्रमुख काभ्रे बनेपा उपमहानगरपालिका वर्ष ४५ का सञ्जय मान्धर, मलंगवा नगरपालिका-३ बस्ने वर्ष ३५ का रामलाल साह, सर्लाहीको बागमती नगरपालिका-५ बस्ने विनोद घिमिरे र महोत्तरीका ३० वर्षीय बैजु यादव छन्।

उनीहरूलाई थप उपचारको लागि वीरगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

त्यस्तै, मध्यम घाइते हुनेहरूमा सर्लाहीको कौडेना गाउँपालिका २ बस्ने २४ वर्षीय सन्जित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका २ बस्ने ३० वर्षीय का रिटेन यादव, मलंगवा नगरपालिका ३ बस्ने ५० वर्षीय वैधनाथ पटेल, मलंगवा नगरपालिका ७ बस्ने ३४ वर्षीय रामबावु राय, धनुषाको सहिदनगर नगरपालिका ७ बस्ने २९ वर्षीय दिपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका २० बस्ने २४ वर्षीय का सहिद अनवर र महोत्तरी बस्ने वर्ष २५ का अजय यादव छन्।

उनीहरु चढेको बि.आ.०६ पि.डी.९६४८ नम्बरको सफारी सोमबार राति ८ बजे नवलपुर-मलंगवा सडक खण्डको मलंगवा नगरपालिका ११ गमहरियामा उखु लोड भएको ज२त १०६७ नम्बरको ट्याक्टरको पछाडिबाटै ठोक्किएको हो।

मध्यम घाइतेहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।

Tags: