post-slider post-slider

जमुनाहा नाका राति ८ बजेसम्मका लागि बन्द

Image
A A

काठमाडौं- नेपाल–भारत सीमा क्षेत्रस्थित नेपालगञ्जको जमुनाहा नाका बुधबार एक दिनका लागि बन्द गरिएको छ।

दसैंमा स्थापना गरिएका दुर्गा मूर्तिहरू सेलाउने कार्य भइरहेकोले सुरक्षा सतर्कता अपनाउनका लागि एक दिनका लागि नाका बन्द गरिएको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखेरेलले धार्मिक ¥याली गर्दै मूर्ति सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेकाले सुरक्षा सतर्कताका अपनाउन एक दिनका लागि जमुनाहा नाका बन्द गरिएको बताए।

सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सीमा पारीका सुरक्षा अधिकारीहरूसँगको सल्लाह र समन्वयमा राति ८ बजेसम्मका लागि नाका बन्द गरिएको पोखरेलले जानकारी दिए।

उनले एम्बुलेन्स, दमकल तथा औषधि, खाद्यान्नलगायतका ढुवानी गर्ने अत्यावश्यक सवारी साधनहरू बाहेक अन्य सबैलाई नेपाल प्रवेशमा रोक लगाइएको बताए।

नेपालगञ्जका सडकहरूमा दुर्गा मूर्ति सेलाउन ताल तलैया, जलकुन्ड तथा नदीतर्फ लैजाने कार्य भइरहेको छ।

नेपालगञ्जका सडकहरूमा दुर्गा मूर्ति राखिएका ट्रक तथा ट्र्याक्टरहरूसहितको धार्मिक ¥याली भइरहेकोे छ।

कुनै सम्भाव्य घटना तथा दुर्घटना हुन नदिन तथा मूर्ति विसर्जन गरिने कार्यक्रमलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि जिल्लाभरी सुरक्षा सतर्कता अपनाउँदै कडा सुरक्षा व्यवस्था गरिएको छ।

 

Tags: