post-slider post-slider

न्यायाधीश गिरीकी श्रीमतीले गरिन् सर्वोच्च परिसरमा आत्मदाहको प्रयास

Image
A A

काठमाडौं- न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरी रावलले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन्।

आइतबार उनले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी हुन्।

प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ कार्यालय प्रवेश गरे लगत्तै रावलले पेट्रोलियम पदार्थ रहेको ग्यालिनबाट शरीरमा तरल पदार्थ छर्केर आत्मदाहको प्रयास गरेकी हुन्।

प्रहरीले उद्धार गरेर उनलाई वीर अस्पताल लगेको छ।

रावलले श्रीमान गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी छन्। उनी गिरीलाई थुनामा राख्न माग गर्दै आएकी छन्।

Tags: