post-slider post-slider

उच्च सतर्कता अपनाउन मौसम विभागको अनुरोध

Image
A A

काठमाडौं- मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिकसँगै भारत बिहारको उत्तर पश्चिम भू–भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ।

जसका कारण आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेसका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेसका एक दुई स्थानमा मेघ गर्नजन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले विशेष मनसुन बुलेटिन जारी गर्दै शनिबारदेखि सोमबारसम्म पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

साथै, सहरी क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन तथा सडक एवं हवाइ यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आइतबार पनि देशभर पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेसका केही र मधेस तथा लुम्बिनी प्रदेसका एक दुई स्थानमा मेघ गर्जनचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी साउन २९ गते सोमबार देशभ सामान्यदेखि पूर्णतया बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेसका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेसका थोरै स्थानमा मेघ गर्जनचट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

कोसी र बागमती प्रदेसको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको विशेष मनसुन बुलेटिनमा उल्लेख छ।

 

Tags: