post-slider post-slider

प्रधानमन्त्रीबाट प्रचण्ड पदमुक्त, नयाँ सरकार गठन प्रक्रिया सुरू

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएका हुन्।

विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा १९४ मत परेको थियो। त्यस्तै, मत दिन्न भन्ने पक्षमा एक सांसदले उभिएका थिए।

आजको मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए। प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ।

अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नेछन्।

नेकपा एमाले र नेपाली कांग्रेसले नयाँ गठबन्धन बनाएसँगै प्रधानमन्त्री अल्पमतमा परिसकेका थिए। तर, उनले प्रतिनिधिसभा फेस गर्ने अडान लिएका थिए। 

प्रतिनिधिसभाको तेस्रो दलको रूपमा प्रधानमन्त्री दाहालले सत्तारोहण १८ महिना सरकार चलाए। कहिले एमाले त कहिले कांग्रेससँग गठबन्धन गर्दै उनी पदमा रहिरहेका थिए। 

अन्तिमपल्ट दाहाल कांग्रेससँगको सहकार्य तोड्दै एमालेसँग गठबन्धन गर्न पुगेका थिए। तर, नेकपा एमालेले कांग्रेससँग गठबन्धन गरेपछि दाहालको सत्ता जोगाउन सक्ने हैसियतको दल संसदमा कोही भएनन्। 

नेकपा एमाले र नेपाली कांग्रेसको सझदारीअनुसार अबको प्रधानमन्त्री केपी शर्मा ओली हुनेछन्।

Tags: