post-slider post-slider

अदालतको अवहेलना मुद्दामा प्रचण्डले पाए सफाइ

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध परेको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ।

शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उक्त मुद्दामा ‘मागदाबी नपुग्ने’ निर्णय सुनाएको हो।

द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ जेठमा राखेको धारणाले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ गते रिट दायर गरेका थिए।

रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश खतिवडा र रेग्मीको इजलासले यो फैसला सुनाएको हो।

२०७३ वैशाखको अन्तिम साता राष्ट्रियसभा गृहमा माओवादी कार्यकर्ताको भेलामा प्रचण्डले अदालतमा आफूविरूद्ध षडयन्त्र भएको बताएका थिए।

 

Tags: