post-slider post-slider

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति विक्रमसिंघेबीच भेटवार्ता

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंघेबीच भेटवार्ता भएको छ।

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको १९ औं सम्मेलनमा भाग लिन युगान्डाको कम्पाला आउने क्रममा दुई नेतासहितको दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र हितका मामिलामा समेत दुवै देश एक ठाउँ उभिन आवश्यक रहेको बताए।

उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउनुपर्नेमा पनि जोड दिए।

भेटवार्तामा श्रीलंकाका राष्ट्रपति बिक्रमसिंघेले सार्कलाई सक्रिय तुल्याउन आफूहरूको सहयोग रहने बताएका छन्।

उनले क्षेत्रीय हित र साझा आर्थिक क्रियाकलापमा नेपाल र श्रीलंकाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डसँगै नेपाली प्रतिनिधिमण्डलका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साललगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो।

 

Tags: