post-slider post-slider

जंगलमा लागेको आगलागीमा परी चिलीमा मृत्यु हुनेको संख्या ९९ पुग्यो

Image
A A

चिली, माघ २२ (एजेन्सी) - मध्य चिलीको जङ्गलमा लागेको भीषण डढेलोका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ।

सो आगालागीमा परी मृत्यु हुनेहरूको शव व्यवस्थापन गर्ने राष्ट्रिय संगठनले आइतबारसम्म ३२ जनाको पहिचान भएको जनाएको छ।

‘कानूनी चिकित्सा सेवाले कुल ९९ शव संकलन गरेको र तीमध्ये ३२ को पहिचान गरिएको छ,’ संगठनले एक विज्ञप्तिमार्फत भनेको छ।

भिना डेल मार र भल्पराइसोको तटीय सहर वरिपरि अहिले १५७ भन्दाबढी स्थानहरूमा आगो बलिरहेको छ। सयौं मानिस अझै बेपत्ता भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले अनुमान गरेका छन्।

जंगली आगलागीमा अनाहकमा ज्यान गुमाएका मृतकहरूमध्ये केहीको शव सडकमा च्यादरले ढाकिएको अवस्थामा देखिएको चिलिका सञ्चारमाध्यमले जनाएका छन्।

‘मैले यहाँका बासिन्दाहरूसँग पछिल्लो एक घण्टादेखि कुरा गरिरहेको छु र सबैले भन्छन् कि उनीहरूले शवहरू फेला पारिरहेका छन् र यी शवहरू तीनै हुन् जुन आधिकारिक मृत्यु गणनामा समावेश गरिएको छैन,’ पत्रकार जोन बार्टलेटले भनेका छन्। 

जो भल्पराइसो सहरनजिकै बसिरहेका छन्। उनका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ। 

Tags: