post-slider post-slider

विवादस्पद धर्मगुरु श्रीनिवास पक्राउ

Image
A A

काठमाडौं - विवादस्पद धर्मगुरु श्रीनिवास आचार्य पक्राउ परेका छन्।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागी भएका आचार्यलाई प्रहरीले सोमबार गौशालाबाट नियन्त्रणमा लिएको हो।

उनले राजतन्त्र र हिन्दु धर्मको वकालत गर्दै नाराबाजी गरेको र प्रहरीमाथि आक्रमण सुरू भएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले धरपकड सुरू गरेपछि प्रसाईं भने भागेका थिए।

प्रसाईले धर्मगुरुहरूलाई आन्दोलनमा सहभागी हुन आग्रह गरेपछि आचार्यसहितको टोली आन्दोलन गर्न गौशाला पुगेको थियो।

त्रिशुलसहित पुगेका उनको टोलीले प्रहरीमाथि आक्रमण गर्न थालेपछि उनलाई नियन्त्रणमा लिनुपरेको प्रहरीको दाबी छ।

Tags: