post-slider post-slider

स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन जरूरी छ : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने अगाडि बढाइएको स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

आइतबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

प्रतिष्ठानका कुलपतिसमेत रहेका उनले सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पु¥याउनुपर्नेमा जोड दिए।

स्वास्थ्य बिमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको उनको भनाइ छ।

प्रचण्डले प्रतिष्ठानले आम समुदायलाई पु¥याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाइ अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लैजाने विश्वास व्यक्त गरे।

स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकका लागि आवश्यक दक्ष र गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको बताउँदै उनले त्यसतर्फ लाग्न प्रतिष्ठानलाई निर्देशन दिए।

Tags: