post-slider post-slider

वैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा

Image
A A

काठमाडौं - चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात गरिएकोमा एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात गरिएको थियो।

विभागका अनुसार चालू आवको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १४ खर्ब ६६ अर्ब २२ करोड बराबरको वैदेशिक व्यापार भएको थियो। अहिल्लो आर्थिक वर्षको तुलनामा कुल वैदेशिक व्यापार २.५० प्रतिशतले घटेको विभागले जनाएको छ।

गत आर्थिक वर्षको दश महिनाको तुलनामा आयात २.३९ र निर्यात ३.६१ प्रतिशतले घटेको छ।

यस अवधिमा सबैभन्दा बढी व्यापार घाटा भारतसँग ७ खर्ब २९ अर्ब ७० करोड बराबर रहेको छ। भारतबाट ८ खर्ब १५ अर्ब ७२ करोडको आयात भएको छ भने ८६ अर्बको निर्यात भएको विभागले जनाएको छ।

त्यस्तै, नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार घाटा चीनसँग २ खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ। १० महिनामा चीनबाट २ खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात भएको छ भने २२ अर्ब ७४ करोड बराबरको निर्यात भएको छ।

त्यस्तै, १० महिनामा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ। यो अवधिमा १ खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल ५६ अर्ब ८० करोड बराबरको पेट्रोल र ४६ अर्ब बराबरको खाना पकाउने ग्यास आयात भएको छ। 

Tags: