post-slider post-slider

विश्वकपमा यस्तो छ भारतीय खेलाडीको कीर्तिमान

Image
A A

काठमाडौं- विश्वकपको पहिलो सेमिफाइनलमा भारतले बुधबार न्युजिल्यान्डलाई ७० रनले पराजित गरेर फाइनलमा स्थान पक्का गरिसकेको छ।

यो म्याचमा भारतीय ब्याटिङका क्रममा विराट कोहलीले एकदिवसीय क्रिकेटमा सतकको अर्धसतक पूरा गरे।

योसँगै विराटले सचिन तेन्दुलकरको ४९ सतकको कीर्तिमान तोड्न सफल भए।

त्यसको केहीबेर नबित्दै श्रेयस अय्यरले लगातार दोस्रो म्याचमा सतक बनाएर प्रशंसकहरूलाई खुसी बनाए।

अर्कोतर्फ बलिङका क्रममा मोहम्मद शमीले सात विकेट लिएर फाइनलसम्म पुग्ने न्युजिल्यान्डको सपना तोडिदिए।

भारत यो विश्वकपमा अहिलेसम्म सबै १० म्याच जित्न सफल रहेको छ। तर, यो केवल एक वा दुई खेलाडीका कारण नभएर बरू सम्पूर्ण टिमको शानदार प्रदर्शनको बलमा भइरहेको छ।

सामाजिक सञ्जालमा लगभग सम्पूर्ण टिमको सामूहिक योगदानको चर्चा भइरहेको छ। टिमका ११ मध्ये १० खेलाडीको रेकर्ड शानदार देखिएको छ।

जारी विश्वकपमा सबैभन्दा बढी रन बनाउने ब्याटरको सूचीमा भारतका पाँच खेलाडी  देखिएका छन्।

जसमध्ये विराट कोहली ७११ रन बनाएर सबैभन्दा अगाडि देखिएका छन्।

त्यस्तै बलरको सूचीमा भारतका सबै पाँच बलर देखिएका छन्। मोहम्मद शमी सबै १० टिममध्ये सफल बलर देखिन्छन्।

हार्दिक पान्ड्याको स्थानमा आएका सूर्यकुमार यादवले मात्रै हालसम्म आफ्नो क्षमताअनुसारको प्रदर्शन देखाउनसकेका छैनन्।

अहिलेसम्म उनले ६ म्याचमा केवल ८८ रनमात्रै बनाएका छन्। सूर्यकुमारले हालसम्म ब्याटिङका लागि पर्याप्त बल खेल्ने मौका पाएका छैनन्।

उनले ६ म्याचमा मात्रै ७७ बलको सामना गरेका छन्।

भारतीय टिमको प्रदर्शन

विराट कोहली – ७११ रन

रोहित शर्मा – ५५० रन

श्रेयस अय्यर – ५२६ रन

केएल राहुल – ३८६ रन

शुभमन गिल – ३४६ रन

मोहम्मद शमी – २३ विकेट

जसप्रित बुमराह – १८ विकेट

कुदलीप यादव – १५ विकेट

मोहम्मद सिराज – १३ विकेट

 

Tags: