post-slider post-slider

‘सहिदहरूको अठोटलाई शिरोधार्य गदै क्रान्तिका बाँकी काम पूरा गरौं’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका लागि जीवनत्याग गर्ने सहिदहरू प्रेरणाका स्रोत र पथप्रदर्शक रहेको बताएका छन्।

मंगलबार सहिद दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने सहिदहरू सबैका लागि प्रेरणाको स्रोत रहेको बताए।

प्रचण्डले देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति सहिदहरूले देखेका सपना र अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संकल्प गर्न आग्रह गरे।

सहिदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको उनको भनाइ छ।

प्रचण्डले नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति सहिदहरूले उच्च बलिदान दिएको बताए।

लैनचौरको सहिद स्मृति पार्कमा आयोजित कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, काठमाडौं महानगरापलिाकाका उपप्रमुख सुनिता डंगोललगायतको उपस्थिति थियो।

 

Tags: