post-slider post-slider

बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

Image
A A

काठमाडौं- बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बुतिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो।

दुर्घटनामा जिप चालक ढोरपाटन–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरी नगरपालिका–११ काठमाडौंकी २८ वर्षीया संगीता अधिकारीको मृत्यु भएको हो। 

घर्तीमगर र अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ।

दुर्घटनामा ९ जना घाइते भएका छन्।

जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

Tags: