post-slider post-slider

हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको सानदार जित

Image
A A

काठमाडौं- इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लगातार तेस्रो जित हासिल गरेको छ।

शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीको जितमा एर्लिङ हालाण्डले ह्याट्रिक गरेका थिए। हालाण्डले खेलको १०, ३० र ८३औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका हुन्।

यस सिजनमा तेस्रो खेलमा हालाण्डको यो सहित सात गोल गरिसकेका छन्। त्यसैगरी, वेस्ट ह्यामका लागि सिटीका रुबेन डियाजले एक गोल आत्मघाती गोल गरेका थिए।

यो जितपछि म्यानचेस्टर सिटीको ३ खेलमा ९ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ। त्यस्तै वेस्ट ह्यामको भने ३ खेलमा दोस्रो हारसहित ३ अंक रहेको छ।

Tags: