post-slider post-slider

भूकम्प पीडितलाई तत्काल उद्धार र पुनस्र्थापना गर्न प्रधानमन्त्रीको निर्देशन, शुक्रबार बझाङ जाने

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन्।

मंगलबार गएको भूकम्पको केन्द्रविन्दु रहेको बझाङ जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार बझाङ जाने कार्यक्रम मंगलबारका लागि तय भएको हो।

यसअघि बिहीबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको बैठक बसेको थियो।

बैठकमा प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनस्र्थापना गर्न निर्देशन दिएका छन्।

उनले तत्काल उद्धारसँगै पुननिर्माणका काम अगाडि बढाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा अन्य सहयोगका लागि तत्काल प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलार्य निर्देशन दिएका छन्।

सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनस्र्थापना तथा पुनर्निर्माणमा कुनै कमी हन नदिइने उनले बताएका छन्।

 

Tags: