post-slider post-slider

गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

Image
A A

काठमाडौं- गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।  पहिरोमा पुरिएर अर्का एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

मालिका गाउँपालिका-६ कँडेल पाटाका भेषबहादुर बिकको घर पहिरोले पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले बताए। 

मृत्यु हुनेमा भेषबहादुर विक, उनकी बुहारी सीता विक, नातिनी सपना विक र विना विक छन्।

पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएकी छिन्। उनको खोजी भइरहेको छ। 

शुक्रबार राति अविरल वर्षापछि गुल्मीमा पहिरो गएको थियो। पहिरोले घर पुरिएको शनिबार बिहान मात्रै जानकारी भएको रेग्मीले बताए। 

यस्तै, स्याङ्जामा पहिरोले घर पुरिँदा आमा-छोरीको मृत्यु भएको छ।

शुक्रबार राति साढे ११ बजे फेदीखोला गाउँपालिका-५ बाँगेकी ३१ वर्षीया दुर्गा जिटीको ढुंगा माटो र टिनले छाएको घर पहिरोले पुरिँदा उनीसँगै उनकी ३ वर्षीया छोरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार उनीहरू घरमा सुतिरहेको बेला घरभन्दा करिब २०/२५ मिटर माथिबाट पहिरो खसेको थियो।

Tags: