post-slider post-slider

एसीसी इमर्जिङ कप : बङलादेशलाई ३ सय ५० रनको लक्ष्य

Image
A A

काठमाडौं– एसीसी इमर्जिङ एसिया कपमा श्रीलंकाले बङलादेशलाई ३ सय ५० रनको लक्ष्य दिएको छ।

कोलम्बोमा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ रन बनायो।

टोलीका लागि ओपनर अविष्का फर्नान्डोले प्रतियोगिताकै पहिलो सतक प्रहार गर्दै १ सय ३३ रन बनाए। १ सय २४ बलको सामना गरेका फर्नान्डोले १३ चौका र ३ छक्का प्रहार गरे। 

विकेटकिपर मिनोद भानुकाले पनि अर्धसतक बनाउँदै ५५ बलमा ५७ रनको पारी खेले। उनले ४ चौका र ३ छक्का प्रहार गरे। श्रीलंका लागि अन्य खेलाडीहरुमा पसिन्दु सूरियाबन्दरा (४३) र अशेन बन्दराले (३५) रन बनाउँदा अर्का ओपनर लसिथ क्रुसपुल र कप्तान डुनिथ वेललेजले समान ३१–३१ रन बनाए।

बङलादेशका लागि रिपन मण्डल र सौम्य सरकारले ३–३ विकेट लिए। रकिबुल हसन र मेहँदी हसनले समान १–१ विकेट लिए। 

एसियन क्रिकेट काउन्सील (एसीसी) ले आयोजना गरेको प्रतियोगितामा नेपालसँगै आयोजक श्रीलंका, भारत, पाकिस्तान, बङलादेश, अफगानिस्तान, युएई र ओमानका टोली रहेका छन्।

प्रतियोगिता नेपालको समुहमा भारत, पाकिस्तान र युएई रहेका छन्। नेपालले आफ्नो पहिलो खेल शुक्रबार पाकिस्तानसँग खेल्नेछ।

दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ। यो खेल १७ जुलाईमा हुनेछ। समूह चरणको अन्तिम खेल १९ जुलाईमा नेपालले युएईसँग खेल्नेछ। 

प्रतियोगिताको सेमिफाइनल २१ र फाइनल खेल २२ जुलाईमा हुनेछ।

Tags: