post-slider post-slider

४५ करोडको झिलिमिली बत्ती आयात

Image
A A

काठमाडौं- यो वर्ष तिहारका लागि साढे ४५ करोड रूपैयाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ।

उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा यो रकम बरारबरको आयात भएको हो।

नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार झिलिमिली बत्तीको कुल वार्षिक करोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ।

छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग हुने गर्दछ।

महासंघका अनुसार तिहारमा बालिने झिलिमिली बत्ती, चीन, भारत, बहराइन, स्ट्रेलिया, हङकङलगायतका देशबाट आयात हुन्छ।

महासंघका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा चीनबाट मात्रै ३९ करोड रूपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ।

त्यस्तै भारतबाट ६ करोड ६० लाख रूपैयाँ बराबरको बत्ती आयात भएको छ।

महासंघका अनुसार गत वर्ष बैंकिङ तरलता र डलर अभावका कारण झिलिमिली बत्तीको आयात र बजार निकै साँघुरिएको थियो। यसले गर्दा गत वर्ष व्यापारीले चाहेजस्तो व्यापार गर्न सकेनन्।

त्यसअघि निरन्तर तीन वर्षसम्म कोभिड महामारीका कारण बजार प्रभावित बनेको थियो।

गत वर्ष करिब ४० करोड मूल्य बरारबको मात्रै आकर्षक झिलिमिली बत्ती आयात भएको महासंघको तथ्यांक छ।

गत वर्ष अन्तर्राष्ट्रिय बजारमै झिलिमिली बत्ती बनाउने कच्चा पदार्थ प्लास्टिक, कपर, पेट्रोलियम पदार्थलगायतको मूल्य अस्वभाविक रूपमा बढेकाले लागत खर्च पनि अत्याधिक बढेर आएको थियो।

 

Tags: