post-slider post-slider

नेदरल्याण्डसलाई हराउँदै इङ्ल्याण्ड युरोकपको फाइनलमा

Image
A A

काठमाडौं- इङल्याण्ड युरोकपको फाइनलमा पुगेको छ। जारी युरोकपको सेमिफाइनलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो।

१-१ खेलको बराबरीमा रहेको खेलमा खेलको ९०औं मिनेटमा इङल्याण्डका ओली वाटकिन्सले गोल गर्दै टिमलाई फाइनलमा पुर्‍याएका हुन्।

यसअघि खेलको सातौं मिनेटमा जाभी सिमन्सको गोलमा नेदरल्याण्डसले सुरुवाती अग्रता लिएको थियो। त्यसपछि खेलको १८औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत् गोल गर्दै खेल बराबरी गरेका थिए।

यो जितसँगै इङ्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेको छ। यसअघि २०२० मा सम्पन्न युरोकपको फाइनलमा इङ्ल्याण्ड इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो।

अब फाइनलमा इङल्याण्डले उपाधिको लागि स्पेनको सामना गर्ने छ। फाइनल खेल आइतबार राति हुने छ।

Tags: