post-slider post-slider

‘बैंक ब्याज र सहकारीको समस्या देखाएर एकथरीले राजनीतिक फाइदा उठाउन चाहेका छन्’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी, लगुवित्तलगायतका समस्या देखाएर एकथरीले राजनीतिक फाइदा उठाउने प्रयास गरिरहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले सहकारी, लघुवित्त, बैंक ब्याज, व्यवसायीको कर्जासम्बन्धी समस्या विगतमा विभिन्न कारणले पैदा भए पनि एकथरीले यो समस्या देखाएर राजनीतिक फाइदा उठाउन चाहेको बताए।

समाजमा अविश्वास र अराजकता फैलाउने प्रयास भइरहेको उनको भनाइ थियो।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको बताए।

अर्थतन्त्रका कैयौं सूचक सकारात्मक रहे पनि अर्थतन्त्र दबाबमुक्त नरहेको उनको भनाइ थियो।

उनले अर्थतन्त्रका समस्या समाधानका लागि अझै गहन विमर्श हुनुपर्नेमा जोड दिए।

प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकारले विभिन्न कोणबाट सोचिरहेको पनि बताए।

‘नेपालको अर्थतन्त्रको वर्तमान अवस्था के छ र अगाडि कसरी जाने सन्दर्भमा सरकारले सोचिरहेको छ।,’ उनले भने,‘गत सालबाट यहाँसम्म आउँदा अर्थतन्त्रका केही इन्डिकेटर सकारात्मक देखिएका छन्। अर्थतन्त्र दबाबमुक्त भयो भन्ने ठाउँमा अझै पुगेको छैन। त्यसकारण यसलाई हामीले गम्भीर विमर्शसहित समुचित निष्कर्षमा पुग्नुपर्ने आवश्यक्ता छ।’

प्रचण्डले धेरै चिन्तित हुनुपर्ने अवस्था नभए पनि सबैले मिलेर यसको सामना नगर्ने हो भने संकट गहिरिँदै जाने बताए।

 

Tags: